समाचारशुक्रबार, माघ २६, २०६९

एमाओवादी महासचिबमा बोगटी

हिमालखबर

एमाओवादी महाधिवेशन (२०–२६ माघ) ले अध्यक्षमा पुष्पकमल दाहाल र उपाध्यक्षद्वयमा बाबुराम भट्टराई र नरायणकाजी श्रेष्ठलाई निरन्तरता दिएको छ । सहमति नभएपछि अन्य पदाधिकारीहरुको भने चयन हुन सकेको छैन ।

दाहाललाई अध्यक्षमा भट्टराईले प्रस्ताव र श्रेष्ठले समर्थन गरेका थिए भने अध्यक्ष दाहालको प्रस्तावमा भट्टराई र श्रेष्ठ उपाध्यक्षमा चयन भएका हुन् । त्यसैगरी बोगटीलाई पनि महासचिवमा दाहालले नै प्रस्ताव गरेका थिए ।

महाधिवेशनले ९८ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ । कुल १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरिए पनि बाँकी ५३ जनालाई पछि मनोनित गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

२५ माघमै सम्पन्न हुने भनिएको महाधिवेशन केन्द्रीय समिति चयनको विवादले गर्दा एक दिन थपिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>