समाचारशनिबार, माघ २७, २०६९

भारतीय संसद भवनका आक्रमणकारीलाई फाँसी

हिमालखबर

१३ डिसेम्बर २००१ मा भारतीय संसदमा सशस्त्र हमलाका अभियुक्त उत्तरी कश्मीरका ४३ वर्षीय अफजललाई भारतको विशेष अदालतले सन् २००२ मा फाँसीको सजाए सुनाएको थियो जसलाई सर्वोच्च न्यायालयले २००५ मा सदर गरेको थियो ।

अफजललाई २७ माघ विहान ८ बजे तिहाड जेलमा फाँसीमा झुण्डाएर मृत्यु दण्ड दिएपछि उनको शव जेल परिसरमै दफन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाँच दिनअघि मात्रै राष्ट्रपति प्रणव मुखर्जीजे अफजलको मृत्युदण्डबाट उन्मुक्तिका लागि दिएको निवेदन खारेज गरेका थिए ।

अफजललाई फाँसी दिएपछि कश्मिरमा सुरक्षा व्यवस्थामा खलल् पुग्ने आशंकामा कर्फ्यु लगाइएको छ । कुनै बेला फलफूलको कारोबार गर्ने अफजललाई सन् २००१ मा संसदमा भएको सशस्त्र हमलाको योजना बनाएको र आतंकवादीहरुलाई संरक्षण दिएको अभियोग लगाइएको थियो ।

१३ डिसेम्बर २००१ मा पाँचजना आतंकवादिले भारतको संसद भवन परिषरमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए । उक्त आक्रमणबाट दिल्ली पुलिसका कर्मचारी, सीआरपीएफकी एक महिला कर्मचारी, संसदीय वाच एण्ड वार्डका दुई कर्मचारी र एक जना माली गरी नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त आक्रमणबाट घाइते एकजना पत्रकारको उपचारका क्रममा पछि मृत्यु भएको थियो । त्यती नै बेला सुरक्षाकर्मीहरुको आक्रमणबाट पाँचै जना आक्रमणकारी पनि मारिएका थिए ।

घटनाको केही घण्टाभित्रै दिल्लीकै एक बसबाट अफजललाई प्रहरीले गिरफ्तार गरेको थियो । अफजलको शव आफूहरुलाई बुझाउन उनका परिवारहरुले माग गरेका छन् । तर, शवलाई तिहाड जेल परिषरमै गाडिसकिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>