समाचारशनिबार, माघ २७, २०६९

पूर्व राजा एक महिनाका लागि बारामा

हिमालखबर

२७ माघ विहान बारा पुगेका पूर्वराजा शाह एक महिने लामो बसाईका लागि आएको उनका मुख्य सचिब सागर तिमिल्सिनाले जानकारी दिएका छन् ।

तिमिल्सिनाका अनुसार सीमरास्थित प्रभु निवासमा बास बसेका शाहले आज बारा, पर्सा, रौतहटका आफू निकट केही व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ । उनी आराम गर्नका लागि बारा आएको पनि तिमल्सिनाले बताए । शाहले एक महिने बसाईका क्रममा विभिन्न धार्मीक स्थालहरुको भ्रमण गर्नुका साथै स्थानीय जनमत बुझ्ने उनी निकट व्यक्तिहरुले बताएका छन् ।

मुख्य सचिव तिमल्सिनाले भने कुनै पनि सार्वजनिक कार्यक्रम तय भइनसकेको बताए ।
अली असगर, वीरगन्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>