समाचारशनिबार, माघ २७, २०६९
काठमाडौंमा बर्ड फ्लु
पशु स्वास्थ्य निर्देशनालयका डा. नारायण घिमिरेले २७ माघमा संक्रमित दुई हजार तीन सय ९० कुखुरा नष्ट गरेको जानकारी दिए । कृषक तण्डुकारले पालेका कुखुरा बर्ड फ्लु संक्रमित देखिएको भोलिपल्ट निर्देशनालयको प्राविधिक टोलीले कुखुरा नष्ट गरेको हो । एक हप्तादेखि तण्डुकारको कुखुरा मर्न थालेपछि परीक्षण गरिएको हो ।
