समाचारसोमबार, माघ २९, २०६९
तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै
देशभरका तामाङ समुदायले आज विभिन्न कार्यक्रम गर्दैछन् । हरेक वर्षको माघ शुक्ल प्रतिपदामा मनाइने यस पर्वलाई वौद्ध धर्मावलम्बीहरुले नयाँ बर्षका रुपमा लिने गर्छन ।
ल्होछार पर्वका अवसरमा काठमाण्डुको टुँडी खेलमा महोत्सव भइरहेको छ । यो पर्व नेपाल लगायत चीन, मकाउ, सिंगापुर, मंगोलिया, भारत, थाइल्याण्ड, भुटान, जापान लगायतका देशमा पनि मनाउने गरिन्छ ।
सोनाम ल्होछारको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामवरण यादवले यस पर्वले विविधताका बीचमा एकताको सूत्रमा देशलाई बाँधिराख्ने काममा उर्जा पर्दान गर्ने विश्वास व्यक्त गरेका छन् ।
सोनाम ल्होछारको अवसरमा सरकारले २९ माघमा सार्वजनिक विदा दिएको छ ।
