थप समाचारसोमबार, माघ २९, २०६९
कुम्भ मेलामा भागदौड, ३६ को मृत्यु
२८ माघ साँझ गंगामा स्नान गरेर फर्केका व्यक्तिहरुको भिडमा रेलवेको आकाशे पुल भत्किएको हल्ला चलेपछि भागदौड मच्चिएको थियो । उक्त भागदौडमा ३६ को मृत्यु भएको र ३० भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इलाहावादमा रेलवेका प्रवक्ता अमित मालवीयका अनुसार मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिकाहरु छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार प्लेटफर्म नम्बर ६ तर्फ जाने सिढीमा ‘फुट ओभर ब्रिज’ को भार भत्किएको हल्ला चलेपछि यो घटना भएको हो ।
२८ माघमा करिब तीन करोड व्यक्तिले गंगामा स्नान गरेको अधिकारीहरुले बताएका छन् ।
