समाचारसोमबार, माघ २९, २०६९
पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्नेः थापा
२९ माघमा बाराको निजगढमा नेपाल तामाङ् घेदुङ संघद्धारा आयोजित सोनाम ल्होछार महोत्सवमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा सहमतिको सरकार गठन गर्नका लागि दलहरुबीच सहमति भएको दाबी गरेका छन् । उनले बहालवाला प्रधानन्याधीशको नेतृत्वमा सकारक नबनाउने सहमति भएको पनि खुलासा गरे ।
नेता थापाले एमाओवादी अध्यक्ष दाहालले सहमति पालना गर्नेमा भने आशंका व्यक्त गरे । उनले भने, “पाइलैपछि कुरा फेर्ने बानी परेका प्रचण्डले सहमति उल्ट्याउन सक्ने सम्भावना पनि छ ।” थापाले बाबुराम भट्टराई सरकारको बहिर्गमन मात्रै पनि मुलुक र दलहरुका लागि ठूलो उपलब्धि हुने बताए ।
प्रधानन्याधीशको नेतृत्वमा सहमतिको सरकार गठन गर्नेबारे दलहरुबीच सहमति भएको भन्ने चर्चा भइरहेका बेला प्रमुख दलका नेताहरुबाट भिन्दाभिन्दै कुराहरु बाहिर आएपछि यससम्बन्धमा नागरिकहरुमा अन्यौल र जिज्ञासा बढेको छ ।
अली असगर, वीरगञ्ज
