समाचारसोमबार, माघ २९, २०६९

एमाओवादीको संस्थालाई ६० लाख दिने सरकारको निर्णय

हिमालखबर

२९ माघ साँझ बसेको मन्त्रिपरिषद बैठकले एमाओवादी केन्द्रीय सदस्य शशि शेरचन संयोजक रहेको ‘मार्कसिस्ट गुरुकुल’ लाई ६० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नारायणगढ मुग्लिन राजमार्गको नाम रामराजा सिंह लोकमार्ग राख्ने निर्णय गरेको छ भने राष्ट्रिय प्राथमिकताका काठमाडौं फोहर व्यवस्थापन, काठमाडौंमा मेट्रो रेल सञ्चालन, पश्चिम सेती आयोजना, दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निजगढलगायतका सात वटा आयोजना लगानी बोर्डलाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अन्तरपार्टी महिला सञ्जाललाई ३० लाख रुपैयाँ सहयात उपलब्ध गराउने पनि निर्णय गरेको छ । त्यसैगरी श्रीराम पौडेल संयोजक र पूर्व एआइजी श्रीपुरुष ढकाल र प्राध्यापक महेन्द्र सिंह सदस्य रहेको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>