समाचारमंगलबार, फाल्गुण १, २०६९
कांग्रेस र एमाले केन्द्रीय समितिको बैठक बस्दै
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा चुनावी सरकार गठनको बारेमा दलहरुबीच भइरहेको छलफलको समीक्षा हुनेछ । कांग्रेस नेता विमलेन्द्र निधिले पछिल्लो समयमा चुनावी सरकार गठन गरेर संविधानसभाको निर्वाचन गर्ने बारेमा दलहरुसँग भइरहेका छलफलको बारेमा सभापति सुशील कोइरालाले जानकारी गराएपछि केन्द्रीय समितिले उचित निर्णय जानकारी दिए ।
स्रोतका अनुसार आजको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सहमतिको लागि भन्दै सभापति सुशील कोइरालाको प्रधानमन्त्रीका लागि उम्मेदवारी फिर्ता लिने निर्णय गर्ने सम्भावना छ ।
एमालेको बैठक
चुनावी सरकार गठनको बारेमा एकीकृत माओवादीले गरेको प्रस्ताव र पार्टीको आधिकारिक धारणा तय गर्न नेकपा एमालेको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दैछ ।
एमाले मुख्यालय बल्खुमा बस्ने बैठकमा चुनावी सरकार गठनबारे आधिकारिक धारणा बनाउनेबारेमा छलफल हुने सचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठकमा सहभागी हुन एमालेले राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई निर्देश गरेको छ ।
