समाचारमंगलबार, फाल्गुण १, २०६९
‘दलहरुले प्रधानमन्त्री तोक्न नसक्नु बेइज्जतिपूर्ण’
कांग्रेस केन्द्रीय समितिको १ फागुनमा जारी बैठकबाट बाहिरिएका देउवाले दलहरुको कमजोरीका कारण चुनावका लागि जो सुकैको नेतृत्व स्वीकार गर्नु पर्ने अवस्था आएको बताए । दलहरुले नेतृत्व दिन नसक्दा लोकतान्त्रिक मान्यता विपरित हुने भन्दै एमाओवादीका कारण यस्तो अवस्था देउवाले बताए । देउवाले थपे, “ बैठकमा धेरैले पार्टीबाटै नेतृत्व खोज्नु पर्ने भनाई राखिरहेका छन् ।”
जारी बैठकमा कांग्रेस नेता केबी गुरुङले पार्टीले आफ्नो एजेण्डा गुमाइसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अन्य केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
