समाचारमंगलबार, फाल्गुण १, २०६९

प्रधानन्यायाधीश प्रधानमन्त्री हुन सक्दैनन्: उपराष्ट्रपति

हिमालखबर

न्यायपालिका र कार्यपालिकाको नेतृत्व एउटै व्यक्तिले गर्दा शक्ति पृथकिकरणमा असर पर्ने उनको भनाइ छ । १ फागुनमा आफ्नै निवासमा रिपोर्टर्स क्लवका अध्यक्षसहितका पत्रकारसँग कुराकानी गर्दै सर्वोच्च अदालतका बहालबाला प्रधानन्यायाधीशले पदबाट राजीनामा नगरी चुनावी सरकारको नेतृत्व गर्न नसक्ने झाले बताए ।

उपराष्ट्रपतिले न्यायपालिका र कार्यपालिकाको नेतृत्व एकै व्यक्तिले गर्दा शक्ति पृथकिकरणमा असर पर्छ की भनि विपक्षी दलहरुले राखेको आशंकालाई जायज भएको बताए । उनले भने, “विपक्षीहरुले गरेको आशंका ठिकै छ, । प्रधानन्यायाधीश पदबाट राजिनामा दिएर चुनाव गराउन आउँदा ठिकै हुन्छ ।”

प्रधानन्यायाधीशको नेतृत्वमा दलहरुवीच सहमति भए पनि आगामि जेठ १५ भित्र निर्वाचन भने हुन नसक्ने उपराष्ट्रपतिको दावी छ । उनले भने, “निर्वाचनको लागि संविधान संसोधन, ऐन संसोधन, निर्वाचन आयोगमा नियूक्ती जस्ता धेरै जटिलताहरु छन । सवै कुरा मिलाएर यति छोटो समयमा चुनाव हुन सम्भव देखिदैन ।”

झाले आज सांझसम्ममा दलहरु सहमतिमा पुगे भने निकासको सम्भावना भने कायमै रहेको तर्क गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>