समाचारमंगलबार, फाल्गुण १, २०६९
संविधानविदलाई प्रधानमन्त्रीको चुनौति
एमाओवादीले खुलामञ्चमा आयोजना गरेको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा भट्टराईले संविधानविद र कानून व्यवसायीहरुले शक्ति पृथकिकरणको कुरा उठाउनु कुतर्क गरिरहेको भन्दै संविधान र कानूनमा उनीहरुसँग दफावार छलफल गर्न आफू तयार रहेको चेतावनी दिए ।
उनले अन्तरिम संविधानको निर्माता समेत आफू भएको दाबी गर्दै यस विषयमा बहस गर्न आउन संविधानविदहरुलाई चुनौति दिए । उनले आफू नेतृत्वको सरकारलाई सहमतीय सरकार बनाएर निर्वाचन जानुपर्ने र त्यसो नभए बहालवाला प्रधानन्यायाधिशकै नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्नेमा जोड दिएका छन् ।
