समाचारमंगलबार, फाल्गुण १, २०६९
प्रमुख राजनीतिक दलहरुको बैठक जारी
कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बसिरहेको बैठकमा एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु सहभागी छन् ।
यसअघि बसेको एमाले केन्द्रीय समितिको बैठकले बहालवाला प्रधानन्याधीशको नेतृत्वमा सरकार गठन गर्न नहुने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले राजनीतिक दलकै व्यक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका थिए । कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि बैठक २ फागनुसम्मका लागि स्थगित भएको छ ।
