समाचारबुधबार, फाल्गुण २, २०६९

आत्मदाह गरेका शरणार्थी गम्भीर घाइते

हिमालखबर

बौद्धस्थित स्तुपामा २ फागुन बिहान आत्मदाह प्रयास गरेका शरणार्थीलाई प्रहरीले उपचारका लागि ओम अस्पताल लगिएको डिएसपी मनोजकुमार बस्नेतले हिमालखबरलाइ जानकारी दिए । आफैलाई जलाउन प्रयास गरेका शरणार्थी युवक गम्भिर घाइते भएका छन् ।

तिब्बती शरणार्थीहरु बाक्लै रहेको यस क्षेत्रमा बेलाबेला स्वतन्त्र तिब्बतको माग गर्दै प्रदर्शन हुने  गरेको छ । प्रत्यक्षदर्शीका अनुसार बौद्ध स्तुपा नजिकैको क्याफेमा आएको युवाले त्यहाँ हतार हतारमा शरिरमा पेट्रोल छर्केर आगो लगाएपछि चीन विरोधि नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>