समाचारबुधबार, फाल्गुण २, २०६९

ग्याँसको मूल्य बढाएको विरोधमा प्रदर्शन

हिमालखबर

नेपाली विद्यार्थी संघ, अनेरास्ववियु लगायत विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । नेविसंघका प्रवक्ता यूपी लामिछानेले सरकारले मूल्य फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताएका छन् । २ फागुन बिहान ९ बजेदेखि एक घण्टा चक्का जाम गरिएको र अब हरेक दिन क्याम्पस अगाडि प्रदर्शन जारी रहने उनले बताए ।

सरकारले १ फागुनदेखि खाना पकाउने ग्याँसमा ३ सय ६० रुपैयाँ प्रति सिलिण्डर बढाएको छ ।

यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले अहिले बढाएको भाउले जनतालाई कुनै मर्का नपर्ने बताएका छन् । इन्टरनेट सामाजिक सञ्जाल ‘ट्वीटर’मा लेख्दै प्रधानमन्त्रीले उपभोक्ताका लागि १५ सय ५० र व्यवसायीक प्रयोजनका लागि २१ सय बनाउँदा जनतालाई मर्का नपर्ने उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>