समाचारबुधबार, फाल्गुण २, २०६९
राष्ट्रपतिलाई अध्यादेश स्वीकृत गर्न आग्रह
२ फागुनमा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर अर्थमन्त्री पुनले राष्ट्रपति यादवसँग सरकारले सिफारिस गरेको सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश र संगठित अपराध नियन्त्रणसम्बन्धी अध्यादेश जारी गर्न आग्रह गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीहरुस“ग कुरा गर्दै अर्थमन्त्री पुनले राष्ट्रको इज्जतसँग जोडिएको विषय भएका कारण नेपाल विश्वसामु कालो सूचीमा पर्ने संभावना रहेकाले तत्काल अध्यादेश जारी गर्न राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिए ।
मन्त्री पुनले भेटमा मुलुकको पछिल्ला राजनीतिक गतिविधिका विषयमा पनि राष्ट्रपतिस“ग छलफल गरेको र दलहरुले अघि सारेका विकल्पमा सहमति जुट्नेमा राष्ट्रपति आशावादी रहेको जानकारी दिए ।
राष्ट्रपति यादवले राजनीतिक सहमति विना सरकारले प्रस्तुत गरेका अध्यादेशहरु आफूले स्वीकृत नगर्ने यसअघि नै बताइसकेका छन् ।
