समाचारबुधबार, फाल्गुण २, २०६९

प्रधानन्यायाधीशको नेतृत्वमा सरकार अमान्यः बार एशोसिएसन

हिमालखबर

बार एशोसिएसनको नव निर्वाचित कार्यसमितिको २ फागुनमा बसेको पहिलो बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादी प्रस्तावप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसो भएमा संविधानवाद, स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने जनाएको छ ।

्नवनिर्वाचिन महासचिव सुनिलकुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको नेतृत्व एउटै व्यक्तिले गर्न नसक्ने भन्ने शक्ति पृथकीकरणको आधारभूत सिद्धान्त विपरित नजान आग्रह गरिएको छ । विज्ञप्तिमा चुनावी सरकारका लागि शक्ति पृथकीकरणको सिद्धान्तको बेवास्ता गरी वर्तमान संवैधानिक व्यवस्था र संविधानवादको सिद्धान्तको उपेक्षा नगर्न सम्पूर्ण राजनीतिक दल र नेताहरूको ध्यानाकर्षण गराइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>