थप समाचारबिहीबार, फाल्गुण ३, २०६९

राष्ट्रपतिको नेतृत्वमा चुनावी परिषद बनाउनु पर्छः केसी

हिमालखबर

३ फागुन बिहान महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले एमाओवादीले सत्ता कब्जाको रणनीति अनुसार महाधिवेशनबाट प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव ल्याएको आरोप लगाउँदै बरु राष्ट्रपतिकै नेतृत्वमा निर्वाचनमा जानु उपयुक्त हुने बताए । उनले भने, “ राष्ट्रपतिको नेतृत्वमा इलेक्सन काउन्सिल बनाएर चुनावमा जाँदा उपयुक्त हुन्छ ।”

सुदूरपश्चिमको भ्रमणमा रहेका नेता केसीले अब धेरै दिन एमाओवादीको जालझेलमा नअलमलिने भन्दै १० फागुनभित्र सहमति नभए सहमतिको ‘च्याप्टर’ बन्द हुने बताए । उनले भने, ‘‘फागुन १० गतेसम्म कोसिस गर्छौ, त्यतिञ्जेल सहमतिमा पुगिएन भने सहमितको च्याप्टर बन्द हुन्छ र सशक्त आन्दोलनमा जान्छौं ।’’

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>