समाचारबिहीबार, फाल्गुण ३, २०६९

प्रधानन्यायाधीश नै अन्तिम र उत्तम: भट्टराई

हिमालखबर

विराटनगर विमानस्थलमा ३ फागुनमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले अन्य कुनै बिकल्पले काम नगरेकाले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव ल्याइएको दाबी गरे । उनले संसारभरको मान्यताका आधारमा प्रधानन्यायाधीश नै अन्तिम बिकल्प हुनेमा जोड दिएका थिए ।

बिपक्षी दलहरुले सहमति नगरेकाले लचकता अपनाएर आफुहरु बिकल्पमा गएको भट्टराईले जानकारी दिए । प्रधानन्यायाधिस नेतृत्वको सरकारको संयन्त्रका बारेमा छलफल थाल्नुपर्ने उनको भनाई छ । एमाओवादीले प्रधानन्यायाधिसलाई बिवादमा पार्न नखोजेको बताउँदै भट्टराईले थपे, ‘हामीले कहिल्यै न्यायालयको उपेक्षा र अवमुल्यन गरेका छैनौं ।’

जैन भवनको शिलान्यास गर्न प्रधानमन्त्री भट्टराई विराटनगर आएका हुन् ।

कमल रिमाल/विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>