थप समाचारबिहीबार, फाल्गुण ३, २०६९

पैंचो लिएको धान नतिर्दा अपहरण

हिमालखबर

दुई सय ४० मन धान नतिरेको भन्दै अपहरण गरिएका कोइलाडी बर्साइन–१ का सूर्यनारायण यादवलाई प्रहरीले मुक्त गराएको छ । बरमझियास्थित सेलर मिलमा कार्यरत ३८ बर्षीय यादवलाई गत २९ माघमा ५ जनाको समूहले बरमझियाबाटै अपहरण गरेको थियो । उनलाई भगवतपुर गाविस १ बाट मुक्त गराइएको प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले जानकारी दिए ।

यादवलाई सकरपुरा ९ बस्ने रामफल खंगमण्डल, राधेश्याम खंगमण्डल, रामजी खंगमण्डल, गंगा खंगमण्डल समेतका व्यक्ति मिलेर अपहरण गरी भगवतपुर १ स्थित रामजी खंगको घरमा राखिएको थियो ।

प्रहरीले यादवलाई मुक्त गराई रामफल, राधेश्याम, रामजी, गंगालाई नियन्त्रणमा लिएको उपरीक्षक बस्नेतले बताए । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रामफलसँग सुर्यनारायणले पैंचो लिएको धान नतिरेकाले नै अपहरण भएको देखिएको प्रहरीले जनाएको छ ।
श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>