समाचारशुक्रबार, फाल्गुण ४, २०६९

एमाले केन्द्रीय समितिको बैठक जारी

हिमालखबर

पार्टी कार्यालय बल्खुमा ४ फागुनमा जारी बैठकमा अध्यक्ष झलनाथ खनालले प्रधानन्यायाधीशलाई प्रधानमान्त्रीमा समर्थन गर्नुपर्ने प्रस्ताव राखेका छन् । अध्यक्ष खनालको प्रस्तावमाथि छलफल गरेर अन्तिम निर्णयमा पुगिने एमालेले बताएको छ ।

पार्टी भित्र प्रधानन्यायाधीशलाई समर्थन गर्नुपर्ने विषयमा चर्को विवाद छ । अध्यक्ष खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु समर्थनमा रहेका छन् भने नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने अडानमा छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानन्यायाधीशकै पक्षमा देखिएपनि उनी अहिले नेपाल बाहिर छन् ।

आजैको बैठकमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने विषयमा केही केन्द्रीय सदस्यले औपचारीक प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय सदस्य योगेश भट्टराईले दलभित्रैबाट प्रधानमन्त्री बनाउन आग्रह गर्दै लिखित प्रस्ताव पेस गर्न लागेको जानकारी दिए । उनले विपक्षी दलबाट सम्भव नभए एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सकिनेमा प्रस्तावमा जोड दिइएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>