थप समाचारशुक्रबार, फाल्गुण ४, २०६९

महात्मा गान्धीको पत्र डेढ करोडमा लिलाम

हिमालखबर

भारतका तत्कालीन अतिरिक्त सचिवलाई सन् १९४३ मा लेखिएको उक्त पत्र महात्मा गान्धीले भारतको पूणेस्थित बन्दी गृहबाट लेखेका थिए । पत्रमा गान्धीले आफू र आफ्ना साथीहरुलाई मुक्त गर्न अपील गरेका छन् । त्यसपत्रमा उनले भारतको स्वतन्त्रका बारेमा पनि उल्लेख गरेका छन् ।

बेलायतको लुडलो शहरको स्रोपशायरमा भएको लिलामी पछि लिलाम गर्ने संस्था मलोक्सका मालिक वेस्टवुड ब्रुक्सले यो पत्र अहिलेसम्म लिलाम भएका भारतीय नेताहरुका पत्रहरुमध्ये सबैभन्दा बढी मुल्यमा विक्रि भएको बताएका छन् । पत्र लिलाममा राख्ने बेला ब्रुक्सले यो पत्र १० देखि १५ हजार पाउण्डमा विक्री हुने बताएका थिए ।

ब्रुक्सका अनुसार गान्धीको यो पत्र गान्धीसँगै भारतीय स्वतन्त्रता संग्राममा भाग लिएका गान्धीका साथीले उपलब्ध गराएका हुन् । ती स्वतन्त्रता सेनानीलाई आफ्नो घर खर्च चलाउनका लागि आर्थिक अभाव थियो ।

ब्रुक्सले यो गान्धीका महत्वपूर्ण पत्रहरुमध्येको एक भएको पनि बताएका छन् । पत्रमा भारतको स्वतन्त्रताका लागि गान्धीले गरेको गोप्य कुराकानीका बारेमा पनि जानकारी छ ।

यसै संस्थाले गत वर्ष गान्धीको चश्मा र उनका केही धार्मिक पुस्तकहरुको पनि लिलामी गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>