समाचारशुक्रबार, फाल्गुण ४, २०६९
जन्ती गाडी दुर्घटना, दुईको मृत्यु
काभ्रे कानपुर–२ का प्रविण परियारको जन्ती लिएर बेहुलीको घर दाप्चा तर्फ लागेको मिनिट्रक कानुपर–२ मै दुर्घटना भएको हो । दुर्घटनामा परि २७ वर्षीय जगदिश परियार र कान्छा भुजेलको मृत्यु भएको छ । बेहुला परियारको हात भाँच्चिएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको अन्य ६ जना गम्भीर घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
कानपुर २ को साँघुरो र ओह्रालो बाटोमा ट्रकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।
नगेन्द्र अधिकारी, काभ्रे
