समाचारशुक्रबार, फाल्गुण ४, २०६९

एमाले बैठक स्थगित

हिमालखबर

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनको एमाओवादी प्रस्तावमा छलफल गरी निष्कर्षमा पुग्न ४ फागुन दिनभर बसेको एमाले केन्द्रीय कमिटीको बैठक विना निष्कर्ष ५ फागुनसम्मका लागि स्थगित भएको छ ।

बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराईको सत्ताबाट बहिर्गमन नै संकट निकासको पहिलो विन्दु भएको भन्दै केन्द्रीय कमिटीका सदस्यहरुलाई सम्झाउने प्रयास गरे पनि अधिकांश सदस्यहरुले भने उक्त प्रस्तावप्रति असहमति जनाएका छन् । अध्यक्ष खनालको प्रस्तावको महासचिव इश्वर पोख्रेल समेतले विरोध गरिरहेका छन् ।

यसअघि ३ फागुनमा बसेको एमाले स्थायी कमिटीको बैठकले यससम्बन्ध निर्णय गर्न नसकेपछि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो । बैठक ५ फागुनमा पुन: बस्ने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>