समाचारशुक्रबार, फाल्गुण ४, २०६९
नेकपा-माओवादी सहित चार दलद्वारा आन्दोलन घोषणा
माओवादीसहित मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र कमल चौधरी नेतृत्वको नेकपा एकीकृतले प्रधानन्याधीशको नेतृत्वमा सरकार गठनको प्रयासविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
नेकपा–माओवादी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले दलीय व्यवस्था र प्रणालीलाई ध्वस्त पारेर मुलुकलाई निर्दलीयता हुँदै फासीवादमा पुर्याउने लक्ष्यसहित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको बताए । उनले भने, “संविधानसभा विघटनमा भूमिका खेलेर असफलसिद्ध भइसकेका प्रमुख दल र प्रधानन्यायाधीशको मिलेमतोमा हुने सहमति हामीहरुलाई अस्वीकार्य छ, सबै पार्टीलाई बोलाएर समाधान खोजिनुपर्छ र अग्रगामी राजनीतिक पार्टीको नेतृत्वमा सरकार गठन गरिनुपर्छ ।”
सरकार गठनप्रक्रिया प्रति असहमति जनाउँदै ५ फागुनमा काठमाडौँमा र ६ फागुनमा देशभरका प्रमुख सहरमा विरोध प्रदर्शन गरिने बताइएको छ ।
रासस
