समाचारशनिबार, फाल्गुण ५, २०६९
दश अधिकारकर्मी प्रहरी नियन्त्रणमा
प्रधानमन्त्री निवास वालुवाटार अगाडि धर्ना दिईरहेका अधिकारकर्मीलाई ५ फागुनमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मन्दिरा शर्मा, चरण प्रसाई, लक्ष्मी पोखरेल, बद्री भुषाल, कोपिला अधिकारी, कमला पन्थीलगायत छन् । एमाओवादी द्वन्द्व कालमा हत्या गरिएकी मैना सुनुवारको नवौं वार्षिकीको दिन पारेर हत्यारालाई कारवाहीको माग गर्दा प्रहरीले आफूहरुलाई पक्राउ गरेर रानीबारी २ नम्वर गणमा राखेको कमला पन्थीले जानकारी दिइन् ।
देशका विभिन्नमा भागमा महिलामाथि भईरहेको हिंसाका घट्नाका दोषीलाई कारवाहीको माग गर्दै चलाईएको अकुपाई बालुवाटार अभियान ५२ औं दिन पनि जारी छ ।
मीना शर्मा, काठमाडौं
