थप समाचारशनिबार, फाल्गुण ५, २०६९

कुम्भ मेलामा गएका अझै सम्पर्क बाहिर

हिमालखबर

कुम्भ मेलामा करोडौ‌को भीडमा हराउनेहरु मध्ये नेपालीहरु पनि छन् ।

२९ माघमा कुम्भ मेला भरेर फर्कंदै गरेका ३६ जना यात्रीहरुको रेल्वेस्टेशनमा भएको भागदौडमा परेर मृत्यु भएपछि नेपालबाट मेला भर्नेहरु पनि त्यसमा परे कि भन्ने चिन्ताले उनीहरुका परिवारजनलाई पिरोलेको हो ।

उक्त भागदौडमा च्यापिएर घाइते भएकी रौतहटको सखुअवा धमौराकी ५५ वर्षीया घुर्नी देवीको उपचारका क्रममा गत मङगलबार भारतकै गोरखपुरमा मृत्यु भएको थियो ।

२५ माघमा घरबाट हिडेका बारा गोलागन्जका पाँच जनामध्ये तीन जना अझै पनि घरपरिवारको सम्पर्कमा नआएको परिवारजनले बताएका छन । माघ २९ गते कुम्भ मेलामा नुहाउने क्रममा गोलागन्ज–२ अमरपुरका पाँच जना तिर्थयात्री साथीहरुबाट अलग्गिएका थिए । हराएकामध्ये रामेश्वर महतो र नन्दकिशोर जयसवालकी आमा सम्पर्क आएका छन् भने त्यही गाँउका ५७ वर्षीय राजेन्द्र महतो, उनकी भाउजु ६५ वर्षीया सञ्जलीया देवी र रघुनाथ पटेल अझै पनि बेपत्ता छन् ।

त्यस्तै कुम्भ मेलामा गएका वरियारपुर ७ का १२ जना भन्दा बढी अहिलेसम्म पनि घर नर्फिएको स्थानीय दामोदर सहनीले बताए । कुम्भ मेलामा नेपालबाट पनि हजारौं तिर्थयात्रीहरु त्यसतर्फ जाने गरेका छन् ।
अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>