समाचारशनिबार, फाल्गुण ५, २०६९

सशस्त्र समूहद्वारा ब्यवसायीलाई मार्ने धम्की

हिमालखबर

‘तराई जनतान्त्रिक पार्टी मधेश’ले उद्योग वाणिज्य संघ नेपालगञ्जको निर्वाचन आफ्नो सहमति बिना गराउने प्रयास भएको भन्दै उम्मेद्वारहरुमाथि भौतिक कार्वाही गर्ने धम्की दिएको छ ।

पार्टी मधेशका अध्यक्ष अर्जुन सिंह भनिने मुकेश चौधरीले ५ फागुनमा ई–मेल मार्फत प्रेस विज्ञप्ति जारी गरी संघको निर्वाचनमा उठेका उम्मेद्वारहरुमाथि यस्तो धम्की दिएका हुन् । उनले सबै उम्मेद्वारसँग चन्दा रकम माग गरेका छन् । अध्यक्ष चौधरीले टेलीफोनमा समेत बताए, “उम्मेद्वारले चुनाव लड्नलाई हाम्रो पार्टीसंग अनुमति लिएनन् र रकम सहयोग गरेनन् भने उम्मेद्वारलाई लाइन लगाएर इन्काउन्टर गर्छु ।”

आगामी १२ फागुनमा हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानल, प्रजातान्त्रिक समूह र समावेशी तथा साझा समूह गरी तीन वटा प्यानल चुनावी प्रचार–प्रसारमा उत्रिएका छन् ।
डी भण्डारी, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>