समाचारसोमबार, फाल्गुण ७, २०६९
दलहरुको सहमति संविधान विपरीतः नेम्वाङ
प्रजातन्त्र दिवसका अवसरमा ७ फागुन बिहान इलाममा आयोजित अन्तरक्रिया कार्यक्रममा विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलहरू आफैंले बनाएको अन्तरिम संविधानलाई कुल्चेर प्रधानन्यायाधीशलाई मुलुकको कार्यकारी प्रमुख बनाउँदा लोकतान्त्रिक मूल्य र मान्यता विपरीत हुने बताएका छन् ।
“राजनीतिक दलले बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अन्तरिक संविधानको मर्म र भावनाविपरीत हुन्छ,” नेम्वाङले भने, “यस्तो काम राजनीतिक दलले कदापि गर्नुहुन्न ।”
राजनीतिक दलहरुबीच एकता नभएका कारण संविधानसभा संविधान नबनाएरै विघटन भएको उनको भनाइ थियो ।
रासस
