थप समाचारसोमबार, फाल्गुण ७, २०६९

बेलायती प्रधानमन्त्री क्यामरुन भारतमा

हिमालखबर

यसबीच नयाँ दिल्लीलाई बेचिएको तथा बेलायतमा निर्माण भएको हेलिकप्टरको कारोबारमा भ्रष्टाचार भएको भन्ने समाचार आमसञ्चारमा व्यापक रुपमा देखिएका छन् ।

भारतले अति महत्वपूर्ण व्यक्तिको प्रयोजनका लागि बेलायती–इटालेली संस्था अगस्तावेस्टल्यान्डबाट ७४ करोड ८० लाख अमेरिकी डलरमा १२ वटा हेलिकप्टर खरिद गरेको थियो । यो खरिदमा भ्रष्टाचार भएको समाचार व्यापक भएको समयमा बेलायती प्रधानमन्त्री क्यामरुनको भारत भ्रमण भएको हो ।

इटालीमा गरिएको एक अनुसन्धानमा उक्त सम्झौता गराउन मध्यस्थकर्ताको माध्यमबाट घूस दिइएको देखिएको थियो । यसपछि भारतले उक्त सम्झौता रद्द गर्नसक्ने गरी यस विषयमा आफ्नै प्रहरीलाई अनुसन्धान गर्न लगाएको छ ।

बेलायती प्रधानमन्त्रीले यस विषयमा थप प्रश्न भोग्ने अनुमान गरिएको छ । यी हेलिकप्टर बेलायतमा निर्माण हुन्छन् । यसबीच भारत सरकार भ्रष्टाचारको नयाँ काण्डप्रति कडा देखिएको छ ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता सयद अकबरुद्दिनले यस विषयमा नोभेम्बर महिनामा बेलायतसँग जानकारीका लागि आग्रह गरिएको र इटालीले अनुसन्धान गरिरहेकाले त्यसको नतिजा कुर्न भनिएको जानकारी दिए ।

भारतका अनुसन्धानकर्ताहरुले यस विषयमा यसै साता इटालीको भ्रमण गर्ने जानकारी दिल्लीस्थित केन्द्रीय अन्वेषण व्युरो (सीबीआई) का प्रवक्ताले आइतबार दिए ।

प्रधानमन्त्री क्यामरुनका साथमा ठूलो सङ्ख्यामा व्यापारिक प्रतिनिधिको पनि उपस्थिति छ । प्रधानमन्त्री क्यामरुनले भारतसंग सन् २०१० मा ११.५ अर्ब बेलायती पाउन्ड बराबर व्यापार भएकोमा सन् २०१५ मा २३ अर्ब पाउन्ड पु¥याउने लक्ष्य राखेका छन् ।

मुम्बईमा व्यापारिक वार्तापछि उनी भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गर्न नयाँ दिल्ली प्रस्थान गर्नेछन् । सन् २०१० मा भारतको भ्रमण गरेका क्यामरुनले त्यसबेला भारतलाई १२ अर्ब अमेरिकी डलरमा १२६ वटा बेलायती युरोफाइटर विमान खरिद गराउन प्रयास गरेका थिए ।

गत जनवरीमा भारतले फ्रान्सको डासल्ट एभिएसनको राफाल युद्धक विमानलाई छनौट गरेको थियो । हासम्म यस विषयमा खरिद सम्झौता भइसकेको छैन । प्रधानमन्त्री क्यामरुनले भारत सरकारलाई युरोफाइटरको फाइदाका विषयमा सम्झाउन प्रयास गर्नेे अनुमान गरिएको छ ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>