समाचारमंगलबार, फाल्गुण ८, २०६९
राष्ट्रपतिले सर्वदलीय बैठक बोलाए
दिउँसो तीन बजेपछि राष्ट्रपति भवन शीतलनिवासमा शुरु हुने बैठकमा विघटित संविधानसभाका सबै राजनीतिक दलहरुलाई बोलाइएको छ । प्रमुख दलहरुबीच बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने सहमति भए पनि नेकपा–माओवादी, मधेशी जनाधिकार फोरम नेपाल लगायत साना दलहरुले भने विरोध जनाइरहेका छन् ।
दलीय सहमति कायम गर्न राष्ट्रपतिले प्रमुख चार शक्तिको सल्लाहमा आज सर्वदलीय बैठक बोलाएका हुन् ।
