समाचारमंगलबार, फाल्गुण ८, २०६९

कुरा मिले प्रमले आज सम्बोधन गर्ने

हिमालखबर

दलहरु बीचको सहमतिको सम्भावनालाई ख्याल गरेर प्रधानमन्त्रीले सम्बोधनको तयारी गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार प्रधानमन्त्रीको सम्बोधन आज हुने वा नहुने भन्ने कुरा प्रमुख चार शक्तिको आजको बैठकमा भर पर्नेछ । स्रोतका अनुसार प्रधानमन्त्रीको लिखित भाषण सल्लाहकार पौडेलको सहयोगमा तयारी अवस्थामा छ ।

अन्तरिम संविधान २०६३ संसोधन गर्न बाधा अड्काउ फुकाउको लागि राष्ट्रपति समक्ष सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक पनि आजै बस्ने सम्भावना रहेको सल्लाहकार पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>