समाचारमंगलबार, फाल्गुण ८, २०६९
रेग्मीलाई रोक्न परेको रिटमा आज सुनुवाई भएन
अधिवक्ता भरत जंगमले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरु बीचको सहमतिको विरोधमा सर्वोच्च अदालतमा ६ फागुनमा दायर गरेको रिटको सुनुवाई ८ फागुनमा हुने भनिए पनि समय अभावमा आज सुनुवाई हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ ।
उक्त रिट न्यायाधीश कल्याण श्रेष्ठको इजलाशमा पेशीमा राखिएको थियो । १४ वटा मुद्दा पेशीमा राखिएकोमध्ये १० वटामात्रै हेर्न भ्याइएको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए । उनका अनुसार अब उक्त मुद्दा कहिले पेशीमा राखिन्छ भन्ने अझै निश्चित भइसकेको छैन ।
चुनाबी सरकारबारेको रिटमा सुनुवाई हुँदै
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउन नहुने भन्दै दायर रिटमा आज सुनुवाई हुँदै छ ।
हिमालखबर
मंगलबार , ८ फागुन २०६९ १स्१२ पम
अधिवक्ता भरत जंगमले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई ८ फागुनमा हुन लागेको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिए ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नेखालका कुनै पनि निर्णय नगर्न नगराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न समेत माग गरिएको उक्त उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने या नगर्ने बारे आजै टुंगो लगाउने सम्भावना रहेको रावलले बताए ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने दलहरुको निर्णय रोक्न अधिवक्ता भरतमणी जंगमले सर्वोच्च अदालतमा ६ फागुनमा रिट दायर गरेका थिए ।

