समाचारबुधबार, फाल्गुण ९, २०६९
ठूला दलविरुद्ध साना २४ दल
ठूला दलको सहमतिविरुद्ध संयुक्त प्रतिवाद गर्न ९ फागुनमा २४ दलहरुले संयुक्त बैठक बोलाएका छन् । नयाँ बानेश्वरमा संविधानसभामा प्रतिनिधित्व गरेका साना २४ दलको बैठक बोलाइएको दलित जनजाती पार्टीका नेता विश्वेन्द्र पासवानले जानकारी दिए ।
राष्ट्रपति र मुख्य दलहरुबीच भएको प्रधानन्यायधीशलाई सरकारको नेतृत्व गर्न दिने सहमति कानून विपरित भएको उनीहरुले बताएका छन् ।
यसैबीच प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने निर्णयको विरोध गर्दै नेकपा माओवादीको नेतृत्वमा पाँच दलले राष्ट्रपतिलाई विरोधपत्र बुझाउने भएका छन् । दिउँसो दबाव ¥याली सहित राष्ट्रपति कार्यालयमा गएर विरोध पत्र बुझाउने माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।
