थप समाचारबुधबार, फाल्गुण ९, २०६९

पारस शाहको मुटुको शल्यक्रिया

हिमालखबर

पूर्व युवरास पारस शाहको ८ फागुन राति मुटुको शल्यक्रिया गरिएको र अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको पूर्व राजाका सहयोगी फणिराज पाठकले जानकारी दिएका छन् ।

थाइल्याण्डमा बस्दै आएका शाहलाई ८ फागुनमा अकस्मात हृदयघात भएपछि अस्प्ताल भर्ना गरिएको हो । खानपिनमा अनियमितता, रक्सीको सेवन, पारिवारिक तनाव र वंशानुगत रोगका कारण मानिसमा हृदयघात हुने चिकित्सकहरुले बताएका छन् ।

आज उनलाई भेटगर्न परिवारका सदस्य बैंकक जाने तयारीमा रहेका छन् । पारसलाई भेट गर्न बहिनी दिलासा र सिताष्मा बैंकक जाने तयारीमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।

पारसकी छोरी कृतिका समेत बिरामी भएकाले पूर्व युवराज्ञी हिमानी शाह भने बैङकक नजाने भएकी छन् । कृतिकालाई गए राति एपेन्डिसाइटिस भएपछि काठमाडौको नभिर्क अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>