समाचारबुधबार, फाल्गुण ९, २०६९
प्रधानन्यायाधीशको नेतृत्व बैद्यलाई अस्वीकार्य
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले विदेशी शक्ति केन्द्रको दबावमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन लागिएको भन्दै त्यो आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् ।
९ फागुनमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले सरकारको नेतृत्व दलहरुबीच बाटै खोजिनुपर्नेमा जोड दिंदै चार दलको निर्णय आफ्नो पार्टीले नमान्ने बताए । उनले एमाओवादी विदेशीको इशारामा चलेको आरोप लगाउँदै आपसी समझदारी मै वर्तमान सरकारको बहिर्गमन हुनुपर्ने बताए ।
उनले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने भन्दै दलहरुको उक्त सहमति अनुमोदन नगर्न राष्ट्रपतिलाई आग्रह समेत गरेका छन् । उनले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिने कुरा कार्यपालिका र न्यायपालिकालाई कमजोर पार्ने विदेशी खेल भएको दाबी गरे ।
वर्तमान राजनीतिक संकटको निकास गोलमेच सम्मेलनबाटै हुने उनले दोहोर्याएका थिए ।
