समाचारबुधबार, फाल्गुण ९, २०६९
रेग्मीलाई रोक्न ६ दलको विरोधपत्र
९ फागुनमा मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, नेकपा एकीकृत, क्रान्तिकारी कम्युनिष्ट पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी लागयत ६ दलले जुलुस सहित शीतलनिवास पुगेर राष्ट्रपति डा। रामबरण यादवलाई विरोध पत्र बुझाएका छन् ।
उनीहरुले राष्ट्रपति यादवले संविधानको संरक्षक र पालकको हैसियतले गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले बन्न लागेको प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार अस्वीकार गर्न आग्रह गरेका छन् । राष्ट्रपतिले दलहरुको घोषणालाई स्वीकार गरेर असंवैधानिक कदमलाई वैधता दिने प्रयास गरिरहेको उनीहरुको आरोप छ ।
राष्ट्रपतिकै संरक्षणमा दलहरुले असंवैधानिक तरिकाले निर्दलीय सरकार गठन गर्न लागेको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाएको नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले बताए ।

