समाचारबुधबार, फाल्गुण ९, २०६९
‘राष्ट्रपति भवन चार दलको कार्यालय’
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तयारीप्रति साना २१ दलले आपत्ति प्रकट गरेका छन् ।
९ फागुनमा बसेको साना दलहरुको बैठकपछि जारी विज्ञप्तिमा राजनीतिक समस्याको निकास दलहरुबाटै खोजिनुपर्नेमा जोड दिइएको छ । नयाँ बानेश्वरमा बसेको बैठकले राष्ट्रपतिको कार्यालयलाई मधेशी मोर्चा र तीन दलले आफ्नो कार्यालयमा रुपान्तर गरी राष्ट्रपतिको गरिमा अवमुल्यन गरेको निष्कर्ष निकालेको छ ।
राष्ट्रपपित भवनमा बसेर तीन दल र मधेशी मोर्चाको एकाधिकारवादी निर्णयले देशको राजनीतिक समस्या र निर्वाचनसम्बन्धी निर्णय गर्न नपाउने भन्दै ती दलहरुले विरोध जनाएको छन् ।
उनीहरुले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राजनीतिक संकटको निकास खोज्न माग गरेका छन् ।
