समाचारबुधबार, फाल्गुण ९, २०६९

प्रधानन्यायाधीश र दलका नेताहरुबीचको बैठक निष्कर्षबिहिन

हिमालखबर

प्रधानन्यायाधीश खिलराज रेग्मीसँग ९ फागुन राति भएको प्रमुख चार राजनीतिक पक्षको बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि १० फागुनमा फेरि छलफल हुने भएको छ ।

प्रधानन्यायाधीशको  निवास बालुवाटारमा एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरुसँग भएको छलफलमा प्रधानन्यायाधीश रेग्मीले आफूलाई प्रधानमन्त्री बनाउने सम्बन्धमा दलहरुभित्रै विवाद भएको र आफूलाई ‘सिमित अधिकार’ सहितको प्रधानमन्त्री बनाउन लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । त्यस्तै कसैगरी जेठमा चुनाव हुन नसके मंसीरमा आफूले नै चुनाव गराउन पाउनुपर्ने प्रधानन्यायाधीश रेग्मीको माग रहेको यसअघि नै नेताहरुले सार्वजनिक गरिसकेका छन् ।

छलफलपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफल सकारात्मक भएको भन्दै बैठक १० फागुन बिहान पुनः बस्ने जानकारी दिए ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले केही प्राविधिक, संवैधानिक र राजनीतिक विषयमा थप छलफल गर्नु पर्ने भएकाले कुनै सहमतिमा पुग्न नसकेको बताए ।

प्रधानन्यायाधीश रेग्मीले भने अझैसम्म औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>