समाचारबिहीबार, फाल्गुण १०, २०६९
सहमति कठिन बनेपछि दलहरु अन्यौलमा
प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् बनाउन सहमत भए पनि सहमतिको प्रक्रिया र दलहरुबीचको विवादका कारण रेग्मीले नेतृत्व लिन स्वीकार गरिसकेका छैनन् ।
९ फागुन राति प्रधानन्यायाधीशसँग छलफल गरेका दलहरु आज अन्यौलमा देखिएका छन् । आज बेलुकासम्म फेरि छलफल गर्ने बताएपनि अहिलेसम्म छलफलको कुनै कार्यतालिका बनाइएको छैन ।
दलीय सहमतिलाई संवैधानिक मान्यता दिन दलहरुले कानून क्षेत्रका नेताहरु रहेको नयाँ समिति बनाउने तयारी पनि गरेका छन् । आज १० फागुन दिनभर आन्तरिक छलफल भएपछि बेलुकासम्म संयुक्त छलफल हुने नेताहरुले बताएका छन् ।
एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले छलफलको समय नतोकिए पनि कुनै पनि बेला बैठक बस्न सक्ने बताएका छन् ।
