थप समाचारबिहीबार, फाल्गुण १०, २०६९

क्यानाडाका ट्रकमा नेपाल

हिमालखबर

एनआरएन क्यानाडाको अग्रसरतामा यी दुई देशमा चल्ने ट्रकमा पाँच वर्ष आयु भएका वाटरप्रुफ ब्यानर राखिएपछि यो सम्भव भएको हो ।

ब्यानरमा पशुपतिनाथ मन्दिर, फेवातालमा माछापुछ्रेको दृश्य, गैंडा, बाघ, ताल, जंगल, सगरमाथा, ठूलो अक्षरमा नेपाल, नेपाल, अमेरिका र क्यानडाको झण्डा, बौद्ध गुम्बा, गौतम बुद्ध र हिमालय शृंखलाका तस्बीर राखिएका छन् । राप्ती ट्रान्सपोर्टका तर्फबाट क्यानाडामा बस्ने नरबहादुर टण्डनको ५३ फिट लामो १८ पांग्रे ट्रकलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सिंगारिएको हो ।

एनआरएन क्यानडाको अग्रसरतामा क्यानडास्थित विभिन्न नेपाली संघसंस्था एवं क्यानडा र अमेरिकाका दुतावासको करिब ४५ सय डलर सहयोगमा यो कार्य सम्पन्न भएको हो ।

यसका लागि क्यानाडामा बस्ने नेपालीद्वय बुद्धिसागर बस्याल र विज्ञान त्रिपाठीको ठूलो सहयोग रहेको ट्रक परियोजनाका संयोजक एवम् एनआरएन क्यानाडाका सचिव तुलसी सापकोटाले बताए ।

यो ट्रक अमेरिकाका ४६ र क्यानडाका १० राज्यमा पुग्नेगर्छ । अमेरिकामा पनि यस्तै कार्यक्रम गरिने सापकोटाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>