थप समाचारबिहीबार, फाल्गुण १०, २०६९

दुई सातादेखि बन्द हेटौंडा क्याम्पसमा आगजनी

हिमालखबर

दुई विद्यार्थी संगठनको आन्दोलनले तालाबन्दी भएको क्याम्पसमा १० फागुन अपरान्ह मुखमा माक्स लगाएका दुई दर्जन युवकले आगजनी गरेका हुन् ।

उनीहरुले स्वतन्त्र विद्यार्थी युनियनको कार्यकक्षमा रहेका फर्निचर, कागजपत्रका लगायतका सामानमा आगो लगाएर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उक्त आगो क्याम्पसका कर्मचारी र स्थानीय युवाहरु मिलेर निभाएका थिए ।

क्याम्पसमा आन्दोलन भएपछि आन्दोलनकारी संगठन र स्ववियुको दोहोरी चलेको थियो । अखिल क्रान्तिकारी र नेविसंघले छात्रवृत्तिमा पारदर्शिता, प्रतिस्पर्धामा प्राध्यापक नियुक्ति, क्याम्पस प्रमुख तथा सञ्चालक समितिका पदाधिकारीको राजीनामालगायत ९ बुँदे माग प्रस्तुत गरेका थिए । माग पूरा नभएको भन्दै अनिश्चित तालाबन्दी गरिएपछि स्ववियुले विरोध जनाएको थियो ।

स्वतन्त्र विद्यार्थी मञ्चले पनि बुधबार विज्ञप्ति निकालेर पठनपाठन वातावरण नबनाए आन्दोलनमा जाने चेतावनी दिएको थियो । बिहीबार विहान विद्यार्थीहरुले ताला तोडिदिएपछि अपरान्ह स्ववियु कार्यालयमा आगजनी भएको हो ।

रामशरण पुडासैनी, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>