समाचारशुक्रबार, फाल्गुण ११, २०६९
रेग्मीलाई रोक्न परेको रिटमा आज पनि सुनुवाई भएन
अधिवक्ता भरत जंगमले दायर गरेको रिट ११ फागुनमा न्यायाधीश गिरिशचन्द्र लालको इजलासमा पेशीमा राखिए पनि ३२ औं नम्बरमा परेको उक्त मुद्दा समयअभावका कारण सुनुवाई हुन नपाएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।
प्रवक्ता रावलका अनुसार उक्त रिटको सुनुवाई अब १३ फागुनमा हुनेछ ।
उक्त रिट यसअघि ८ फागुनमा न्यायाधीश कल्याण श्रेष्ठको इजलाशमा पेशीमा राखिएको थियो तर, मुद्दा धेरै भएकोले त्यसबेला पनि सुनुवाईको पालो नआएको सर्वोच्चले जनाएको थियो ।
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाबी सरकार गठन गर्ने दलहरुको निर्णय रोक्न अधिवक्ता भरतमणी जंगमले सर्वोच्च अदालतमा ६ फागुनमा रिट दायर गरेका हुन् ।

