समाचारशुक्रबार, फाल्गुण ११, २०६९
प्रधानमन्त्री र बारका पदाधिकारीबीच छलफल हुँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अहिले छलफल भइरहेको छ । प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिने दलहरुको सहमतिको विरोध गर्दै आएका बारका पदाधिकारीहरुलाई मनाउनका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले छलफल शुरु गरेका हुन् ।
१० फागुनमा प्रमुख चार राजनीतिक शक्तिका नेताहरुले बारका पदाधिकारी बाहेकका कानूनव्यवसायीहरुसँग छलफल गरेका थिए ।
बहालवाला प्रधानन्यायाधीशलाई दलहरुले चुनावी सरकारको नेतृत्व दिन लागेकोभन्दै कानूनव्यवसायीहरुले विरोध जनाउन थालेपछि प्रधानन्यायाधीश रेग्मी स्वयम्ले पनि बारको विरोध भइरहँदा आफूले सरकारको नेतृत्व गर्न नसक्ने बताएको समाचारहरु आएका थिए ।
