समाचारशुक्रबार, फाल्गुण ११, २०६९

प्रधानन्यायाधीश नेतृत्वको सरकार नस्वीकार्ने बारको अडान

हिमालखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा १० फागुनमा भएको दलहरुसँगको छलफलमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ननहुने पुरानै अडानलाई दोहर्‍याएका छन् ।

बैठकमा बारका पदाधिकारीहरुले न्यायालय र कार्यपालिकाको प्रमुख एउटै बनाउनु शक्ति पृथकिकरणको सिद्वान्त विपरित हुनेभन्दै प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने दलहरुको सहमतिप्रति आपत्ति जनाए ।

प्रमुख चार शक्तिका नेताहरुले १० फागुनमा पनि बार एशोसिएसनका पदाधिकारी बाहेकका कानूनव्यवसायीसँग छलफल गरेका थिए ।

बहालवाला प्रधानन्यायाधीशलाई दलहरुले चुनावी सरकारको नेतृत्व दिन लागेकोभन्दै कानूनव्यवसायीहरुले विरोध जनाउन थालेपछि दलहरुले कानूनव्यवसायीहरुसँग छलफल गर्न थालेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>