समाचारशुक्रबार, फाल्गुण ११, २०६९
रुपैयाँको विटोले ज्यान जोगायो
लुट्ने उद्देश्यले आएको समूहले प्रहार गरेको गोली नोटको बिटोले छेकिएपछि ब्यवसायी सोमनाथ भट्टराई सकुशल छन् ।
इटहरा–६ घर भई दाम्राभिट्टामा सुनचाँदी ब्यवसाय गर्दै आएका भट्टराईलाई कालो रंगको को १३ प ३९१४ नम्बरको मोटरसाइकलमा कालो ज्याकेट लगाएर आएका दुई जनाले गोली प्रहार गरेका थिए । रकम लुट्ने उद्देश्यले उनी माथि गोली प्रहार भएको हुन सक्ने सीमा सुरक्षा मोरङका सशस्त्र प्रहरी उपरिक्षक राघवसिंह थापाले बताए ।
अहिले लुटेराको खोजीका लागि चारै तर्फ सुरक्षाकर्मी परिचालन गरिएको छ । उर्लाबारीस्थित मितेरी बैंकबाट रकम लिएर मोटरसाइकलमा फर्कने क्रममा उनी माथि गोली प्रहार भएको थियो । झोलामा रहेको ५० हजार रुपैयाँको बिटोमा लागेको ७ दशमलव ६५ एमएमको गोली नोटको बिटोमै अडकिएकाले भट्टराई सकुशल रहेको उपरिक्षक थापाले बताए ।
गोली प्रहार भएको स्थानमा गोलीको खोकासमेत फेला परेको छ ।
कमल रिमाल, विराटनगर
