समाचारशुक्रबार, फाल्गुण ११, २०६९

पूर्व युवराज पारस हाइपोथर्मिक उपचारमा

हिमालखबर

यो उपचार पद्धतीमा बिरामीको शरीर चिस्याउँदै उसको शरीरका ‘मेटाबोलिक डिमाण्ड’हरु कम गरिन्छ । मानिसको शरीरका सबै अवयवलाई ज्यूदोँ राखिराख्न आवश्यक उर्जालाई न्यून विन्दुमा राखेर गरिने उपचार प्रकृयालाई हाइपोथर्मिक पद्दती भनिन्छ ।

मुलतः खानपानबाट मिल्ने रसायन (मेटाबोलिज्म)बाट प्राप्त उर्जाबाट एक स्वस्थ्य व्यक्तिको शरीरको अवयवहरु चलायमान हुन्छ । खान नसक्ने अवस्थामा पाइपमार्फत नाकबाट खाना पुर्‍याएर विरामीको शरीरको ‘मेटाबोलिक डिमाण्ड’हरु पुरा गरिन्छ । त्यो पनि सम्भव नहुँदा औषधीको स्वरुपमा नशाबाट पठाइन्छ । र, शरीरले आफ्नो उर्जाकालागी आवश्यक मेटाबोलिज्म ग्रहण गर्न नसक्दा चाँही चिकित्सकहरुले मेटाबोलिज्मको आवश्यकता नै न्यून भन्दा न्यून पार्न शरिरलाई चिस्याउने गर्छन् । कम भन्दा कम उर्जाबाट शरिरका अवयवहरु ज्यूदोँ बनाइराख्ने उपाय नै हाइपोथर्मिक उपचार हो ।

बैँककस्थित एक नेपाली (एनआरएन)ले नेपाली समय अनुसार बेलुकी ६ बजेको आसपास आफु अस्पताल पुग्दा शाहलाई हाइपोथर्मियामा लगिएको थाहा भएको बताए । त्यहाँ रहेका शाहका आफन्तहरुबाट आजै दिउसोबाट पारसको हाइपोथर्मिक उपचार शुरु भएको जानकारी पाएको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>