समाचारशुक्रबार, फाल्गुण ११, २०६९
एमाओवादीले बेइमानी गर्योः कोइराला
उनले नेपाल निजामती कर्मचारी युनियनको क्षेत्रीय भेलालाई ११ फागुनमा सम्बोधन गर्दै सभापति कोइरालाले प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेसबाट नाम मागेर विदेशीले मानेनन् भन्दै राजनीतिक बेइमानी गरेको बताए । कोइरालाले भने, “सत्तामा जानु वा नजानु ठूलो कुरा होइन तर अर्काको चरित्र हत्या गर्ने मनसायबाट अभिव्यक्ति दिनु राजनीतिक बेइमानी हो ।”
दुई दिनसम्म चल्ने उक्त भेलामा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाका निजामती कर्मचारीहरुले भाग लिइरहेका छन् ।
