थप समाचारशनिबार, फाल्गुण १२, २०६९

कानूनी जटिलता मिलाउने जिम्मा कार्यदललाई

हिमालखबर

१२ फागुन फागुनमा नयाँबानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा बसेको बैठकपछि नेताहरूले आजै साँझसम्ममा कार्यदललाई प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि कानूनी र संवैधानिक जटिलता समाधानका लागि गृहकार्य गर्ने जिम्मा दिइएको बताएका छन् ।

चारदलले सरकार गठनका लागि गृहकार्य गर्न यसअघि नै प्रत्येक दलबाट दुई÷दुई जना प्रतिनिधित्व हुने गरी आठ सदस्यीय कार्यदल गठन गरेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज साँझसम्म कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने र १३ फागुनमा सरकार गठनको अन्तिम टुङ्गो लाग्ने बताए ।

मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले पनि प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिँदा आइपर्ने संवैधानिक, प्राविधिक र कानूनी अड्चन सुल्झाउन कानून मन्त्रालयसँग समन्वय गरी कार्यदलले मस्यौदा तयार पार्ने बताए ।

कार्यदलका सदस्य एवम् एमालेका नेता भीम रावलले प्रधानन्यायाधीशबाट उठाएका केही मुद्दालाई कार्यदलले छलफल गरी परिमार्जनका साथ मस्यौदा साँझसम्म तयार गरिने उल्लेख गरे ।

मधेशी मोर्चासहितका प्रमुख तीन दलबीच प्रधानन्यायाधीशको नेतृत्वमा ११ सदस्यीय चुनावी सरकार गठन गर्ने यसअघिनै सैद्धान्तिक सहमति भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>