समाचारशनिबार, फाल्गुण १२, २०६९

‘रेग्मीलाई नेतृत्व दिने प्रस्ताव राष्ट्रपतिको’

हिमालखबर

१२ फागुनमा दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले आफुहरुमाथि माओवादीको एजेन्डामा हिंडेको भनी लाग्ने आरोपको खण्डन गर्दै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने एमाओवादीको एजेन्डा नभई राष्ट्रपति रामवरण यादवले दलहरुसंग छलफल गरेर ल्याएको प्रस्ताव भएको दाबी गरेका छन् ।

उनले अहिले सबैले यो प्रस्तावको विरोध गरेपनि निकास भने कसैले दिन नसकेको आरोप लगाउँदै अगाडि भने, “अत्तो थाप्ने काम सबैले गर्नसक्छ तर, निकास दिनसक्नु मात्र सही नेतृत्व हुन्छ ।”

अहिलेको संकटको संवैधानिक निकास नभएको उल्लेख गर्दै उनले अन्तरिम संविधानको धारा ४३ लाई टेकेर राष्ट्रिय सहमति गर्नु नै एकमात्र विकल्प भएकाले यसैको आधारमा प्रधानन्यायाधिशको नेतृत्वको प्रस्ताव गरिएको बताएका थिए ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>